२९ आश्विन २०८३, बिहिबार

टर्कीमा हजारौँ महिलाको जुलुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANKARA, TURKEY – JULY 16: A woman chants slogans during a march around Kizilay Square in reaction to the attempted military coup on July 16, 2016 in Ankara, Turkey. Police regained control overnight after an attempted military coup against President Recep Tayyip Erdogan. The coup attempt claimed over 250 lives. President Erdogan urged his supporters to take to the streets in support to prevent any further flare ups. (Photo by Chris McGrath/Getty Images)

इस्तानबुल, २३ फागुन । राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न टर्कीका सरकार समर्थक हजारौँ महिलाले भव्य जुलुस निकाल्दै राजधानी इस्तानबुलका सबै मुख्य मुख्य सडकका साथै रङ्गशाला पनि छ्याप्छ्याप्ती ढाकेका छन् ।

हजारौँ महिलाको जुलुसले इस्तानबुलको प्राचीन पर्खाल बाहिर अवस्थित, बाह्र हजार पाँचसय दर्शक अटाउने अब्दि इपेक्सी एरिना नामक खेलकुद परिसर अटाइ नअटाइ भएको र जहाँ महिला, त्यहाँ प्रजातन्त्र भन्ने नै उक्त विशाल जुलूसको मूल नारा रहेको जनाइएको छ ।

जुलुसमा आफ्नी पत्नी एमीन सँगसँगै राष्ट्रपति एर्डोगान स्वयम् उपस्थित रहनु भएको र सरकार समर्थक महिलाहरूको सङ्गठन वुमन एण्ड डेमोक्र्यासी एसोसिएसन (केएडीईएम) ले उक्त जुलुसको प्रायोजन गरेको जनाइएको छ । राष्ट्रपति एर्डोगानकै कान्छी छोरी सुमेई एर्डोगान बेरक्तार सो केएडीईएम एसोसिएसनको उपाध्यक्ष पदमा आसीन भएकीसमेत बताइएको छ ।

फ्रान्स वा संयुक्त राज्य अमेरिकामा विगतका धेरै वर्षदेखि लागू हुँदै आइरहेको राजनीतिक प्रणालीले अङ्गिकार गरेसरह मुलुकका राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन हुन्छ वा हुँदैन भन्ने प्रश्न राखी आगामी १६ अप्रिलका दिन टर्कीमा संविधान संशोधन गर्ने विषयमा जनमत सङ्ग्रह सम्पन्न हुन गइरहेको छ ।

जनमत सङ्ग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन गर्न हुन्छ भन्ने परिणाम आएमा वर्तमान राष्ट्रपति एर्डोगानको राजनीतिक शक्ति स्थायी मजबुत हुने हुँदा सरकार र राष्ट्रपति एर्डोगान समर्थक महिलाहरूले प्रदर्शन गरेका जनाइएको छ ।

जुलुसका सहभागी महिलाहरूले टर्कीको राष्ट्रिय झण्डा फहराउँदै ठूलो स्वरमा हुन्छ, पक्कै हुन्छ भन्ने नाराबाजी समेत गरेका छन् ।

राष्ट्रपति एर्डोगानको सत्तारुढ दल जस्टिस एन्ड डेभेलप्मेन्ट पार्टी (एकेपी) ले हुन्छ (यस) भन्ने पक्षमा प्रचारप्रसार अभियानको नेतृत्व लिएको छ । संविधान संशोधन गरी राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रदान गरिएमा मुलुकमा राजनीतिक स्थायित्व आउने एकेपी पार्टीको दाबी छ ।

त्यस्तै, हुन्छ (यस) पक्षको बहुमत आएमा प्रस्तावित राजनीतिक योजना मुताविक वर्तमान राष्ट्रपति एर्डोगान सन् २०२९ को अन्त्यसम्म टर्कीको राष्ट्रपति पदमा रहिरहन सक्नुहुनेछ । यसर्थमा आगामी जनमत सङ्ग्रह राष्ट्रपति एर्डोगानको अग्नीपरीक्षासमेत हुने जनाइएको छ ।

यता, टर्कीका विपक्षी दलहरूले भने यस विषयमा बेग्लै विचार प्यक्त गर्दछन् । संविधानको संशोधनबाट ल्याउने परिवर्तनले राष्ट्रपतिलाई बेलगाम बनाउन सक्ने खतरा रहेको, राष्ट्रपतिसँग अधिक शक्ति निहित भएमा नयाँ तानाशाहको जन्म हुनसक्ने खतरा रहेको, शक्तिको मात वा नसामा राष्ट्रपतिले मुलुकको संसदलाई नै निष्क्रिय र कठपुतली बनाउँदै राष्ट्रपति मात्र सर्वेसर्वा र स्वेच्छाचारी हुने एक व्यक्तिय नमुना (वान म्यान मोडल) को प्रबद्र्धन हुने खतरा रहने मत विपक्षीहरूको रहेको छ ।

सन् २००३ मा टर्कीको प्रधानमन्त्रीको पदबाट उच्च शक्ति हासिल गर्दै एर्डोगान सन् २०१४ मा राष्ट्रपतिको पदमा पुग्न सफल हुनुभएको थियो । –एएफपी