काठमाडौं, ७ असोज । प्रधानमन्त्रीसहित मन्त्रीहरुले सरकारसँगका परिमर्का पार्टी केन्द्रीय कार्यालयमा सुन्ने कांग्रेसको घोषणा प्रचारमै सीमित भएको छ ।
घोषणाको एक महिनापछि कांग्रेसका मन्त्रीहरु पार्टी कार्यालय जान छाडेका छन् । प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार तथा क्वार्टरमा गएर भेट्न झन्झटिलो हुने भन्दै ७ चैतमा कांग्रेसले मन्त्रीलाई केन्द्रीय कार्यालयमै भेट्न समयतालिका सार्वजनिक गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । घोषित साप्ताहिक कार्यक्रम अनुसार एक महिनासम्म मात्र मन्त्री कार्यालय पुगेका थिए ।
कांग्रेस कार्यालयका सचिव प्रेम केसीले अहिले मन्त्रीहरु आउन छाडेको जानकारी दिए ।
‘बालुवाटार, सिंहदरबार र मन्त्रीक्वार्टर पुल्चोकमा जान पास चाहिनेलगायतका कारण झन्झटिलो हुने भएकाले कार्यालयमै प्रधानमन्त्री, मन्त्रीलाई भेट्न सकिने व्यवस्था गरेका थियौं,’ केसीले भने, ‘तर, संविधानसभाका समितिमा व्यस्त भएर हो कि किन हो आजभोली मन्त्रीहरु आउने क्रम पातलिएको छ ।’















प्रतिक्रिया