५ मंसिर २०८३, शनिबार

एमालेलाई छेक्ने ताकत छैन, रोक्न खोजे जवाफ दिन्छौं : झलनाथ खनाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराई मधेसमा कसैले भन्दैमा एमालेले आफ्नो अभियानलाई नरोक्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै एमालेका नेता खनालले बाधा व्यवधानहरूलाई पन्छाउँदै आफूहरूले तराईमा कार्यक्रम गर्ने बताए । ‘कसैले यो क्षेत्रमा प्रवेश नगर भन्छ भने एमाले त्यस्ता अवरोध पन्छ्याउँदै अगाडि बढ्छ ।’

खनालले भने, ‘उदण्डता र निरंकुशता प्रदर्शन नगर्नुस् । त्यसको जवाफ दिन एमाले तयार छ । एमालेलाई रोक्ने कसैको ताकत छैन ।’

मधेसका केही नेताहरू अंगीकृत नागरिकलाई राष्ट्रपतिसहितका ठूला पदमा ल्याउन चाहिरहेको भन्दै खनालले भने, ‘अंगीकृत नागरिकलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने माग नेपाली जनताले अझै बुझ्न बाँकी छ । के कारणले यो मुद्दा उठाइँदैछ ?’ मधेसका नेपाली नागरिकलाई अधिकार दिन आफूहरू सधैँ तयार रहेको बताए ।

एमालेका वरिष्ठ नेता खनालले स्थानीय तहको चुनाव अगाडि कुनै पनि हालतमा संविधान संशोधन पारित नहुने बताए । उनले भने, ‘निर्वाचनभन्दा अगाडि कुनै हालतमा संविधान संशोधन संभव छैन ।’

मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा रहेका नेता खनालले तराईका जिल्लाहरूमा आफूहरूको अभियानबाट डराएर केही तत्व र शक्तिले अबरोधको प्रयास गर्न सक्ने बताएका थिए ।