३ कार्तिक २०८३, मंगलबार

ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

मेलम्ची, २२ फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

नियमित जाँचका क्रममा प्रहरी कार्यालय मेलम्चीले दुईवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यसअघिको तुलनामा ट्राफिक नियममा कडाइ गरेपश्चात् सवारी दुर्घटनामा कमी आएको स्थानीयवासी चित्रकुमार श्रेष्ठले बताउनुभयो । पछिल्लो समय सिसी टिभी जडानले वस्तुगत विवरण र सवारीसाधन जाँचका लागि निकै सहज भएको मेलम्चीमा कार्यरत ट्राफिक प्रहरी मोहन श्रेष्ठ बताउनुभयो ।

यसैबीच इलाका प्रहरी कार्यालय मेलम्चीको नियमित जाँचबाट बरामद भएको अवैध मर्चा नष्ट गरेको छ । विभिन्न मितिमा बिक्री–वितरणका लागि मेलम्ची क्षेत्रको विभिन्न स्थानबाट राजधानीतर्फ लैजाँदै गर्दा तीन सय किलोभन्दा बढी घरेलु मर्चा बरामद गरी स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएकोे छ । रासस