१ कार्तिक २०८३, आइतबार

त्रिविद्धारा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक, अनेरास्ववियु पहिलो (सूचीसहित)

131.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । त्रिविका अनुसार निर्वाचन भएका २५१ वटा क्याम्पसको मतपरिणाममा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

मतपरिणामअनुसार हालसम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा विजय हासिल गरेको मतपरिणामले देखाएको छ । यससँगै नेविसंघ दोस्रो स्थानमा छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।

अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३, नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १, विप्लव १, नयाँ शक्ति १, अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।

निर्वाचन भएका २५१ वटा क्याम्पस

१) अनेरास्ववियु– आंगिकतर्फ ९ वटा, सामुदायिकतर्फ ९९ गरी १०८ क्याम्पसमा बिजयी ।

२) नेविसंघ– आंगिकतर्फ ८, सामुदायिकतर्फ ७७ गरी ८५ क्याम्पसमा विजयी ।

३) अनेरास्ववियु (क्रान्तिकारी)– आंगिकतर्फ ४, सामुदायिकतर्फ ४६ गरी ५० क्याम्पसमा विजयी ।

अन्यः

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३
नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १
संघीय समाजबादी १
विप्लव १
नयाँ शक्ति १
अखिल छैटौं १