काठमाडौं, २१ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियु अग्रस्थानमा कब्जा जमाएको छ ।
शनिबार बिहान प्राप्त पछिल्लो नजिताअनुसार अनेरास्ववियुले १ सय ८ क्याम्पसमा सभापतिमा विजयी हासिल गरेको हो । ५१ वटा क्याम्पसमा सचिवसहितका पदमा विजयी हासिल गरेको छ ।
नेपाल विद्यार्थी संघले ८५ क्याम्पसमा सभापति र १५ क्याम्पसमा सचिवसहितका पदमा जितेको निर्वाचन समितिले जनाएको छ ।
नेकपा (माओवादी) केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ५० क्याम्पसमा सभापति र १२ मा सचिवसहितका पदमा विजयी हासिल गरेको छ ।
राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संघले ३ क्याम्पसमा सभापति जितेको छ ।
नेत्रविक्रम चन्द्र नेतृत्वको माओवादीले १ क्याम्पसमा सभापति जितेको छ भने नयाँ शक्ति पार्टी नेपाल निकट विद्यार्थीले पनि १ क्याम्पसमा सभापति जितेको छ ।
त्यसैगरी, नेमकिपाले पनि १ क्याम्पसमा सभापति जितेको छ । अखिल छैटौँ र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल निकट विद्यार्थीले पनि एउटा क्याम्पसमा सभापति जितेको छ ।











प्रतिक्रिया