काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले निर्वाचन आयोगले मन्त्रीहरूलाई निर्वाचनका बेला जिल्ला जान रोक लागाएकोमा आपत्ति जनाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कांग्रेस नेता डा.कोइरालाले भनेका छन्, ‘निर्वाचन आयोगले भर्खरै निर्वाचन आचारसंहिता जारी गर्दै मन्त्रीहरूलाई जिल्ला जान रोक लगाएको छ । मन्त्री भनेका जनप्रतिनिधी हुन र जनप्रतिनिधीहरूलाई जिल्ला जान रोक्नु कतीसम्म जायज छ ?’
उनले भनेका छन्, ‘मन्त्रीहरूले सत्ता र शक्तिको दुरूपयोग गर्नु हुँदैन यसका लागि नियमन गर्नु एउटा कुरा हो । तर, जनप्रतिनिधीहरूलाई जिल्लै जान नदिनु मान्य हुँन सक्दैन ।’
कांग्रेस नेता डा.कोइरालाले लोकतन्त्र कमजोर पार्ने खेलमा कतै निर्वाचन आयोग नै सक्रिय त भएको हैन भन्ने आशंका पैदा भएको जनाएका छन् ।
निर्वाचन आयोगले आचार संहिता जारी गर्दै मन्त्रीहरूलाई जिल्लामा प्रचार प्रसारका लागि जान अबरोध गरेपछि कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले सो प्रावधानको विरोध गरेका हुन् ।











प्रतिक्रिया