५ मंसिर २०८३, शनिबार

केन्द्रीय सदस्य मनोनीत भएपछि शान्ताले लेखिन मन छुने सन्देश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)को स्थायी समितिले आफूलाई बैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरेपछि पूर्वसभासद् एवम् थारु नेतृ शान्ता चौधरीले खुसी व्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्ने बताएकी छिन् ।

‘एमालेले मलाई बैकल्पिक केन्द्रीय सदस्य पदको जिम्मेवारी दिएको छ । यसप्रति आभार व्यक्त गर्दछु’, उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर भनेकि छिन्, ‘मलाई यो अवस्थामा पुगाउनमा सबभन्दा धेरै एमालेका कार्यकर्ता पंक्तिको योगदान छ ।’

‘यो जिम्मेवारी म देश र जनतालाई शिरमा राखेर इमानदारिता पूर्वक निर्वाह गर्नेछु’, चौधरीले भनेकि छिन् ।

एमालेका सचिव योगेश भट्टराईद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार दाङबाट राजनीति गर्दै आएकी चौधरीलाई बैकल्पिक केन्द्रीस्य सदस्य मनोनित गरेको उल्लेख छ ।