२९ आश्विन २०८३, बिहिबार

नन्दप्रसादको मृत्यु प्रकरण: कमल थापाले प्रधानमन्त्रीको राजीनामा मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapa

काठमाडौं, ६ असोज । ३ सय ३३ दिन निरन्तर आमरण अनशन बस्दा पनि न्याय नपाएका नन्दप्रसाद अधिकारीको मत्यु भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा माग्नुभएको छ ।

अधिकारीको निधन भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले गोरखा फुजेलका अधिकारीको निधन भएकामा नैतिक जिम्मेवारी लिंदै पदबाट राजीनामा दिन प्रधानमन्त्री कोइरालासँग माग गर्नुभएको हो ।

थापाले भन्नुभएको छ, ‘नन्दप्रसाद अधिकारीको निधन मानव अधिकार र कानुनी राज्यको लागि कालो दिन । न्याय दिन नसक्ने प्रम कोइरालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनसनरत अधिकारीको सोमबार साँझ निधन भएको हो ।