५ मंसिर २०८३, शनिबार

आरआर क्याम्पसमा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा शुक्रबार विहान प्रदर्शन भएको छ ।

स्थगित स्ववियु चुनावको मिति आफूहरुसँग सल्लाह नगरिकनै क्याम्पस प्रशासनले तय गरेको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पसको गेटमा प्रदर्शन गरेका हुन् ।

१८ गतेको चुनाव स्थगित भएको आरआरमा क्याम्पस प्रशासनले फागुन २३ गते लाई अर्काे मिति तोकेको छ । र, त्यसका लागि आज मनोनयन दर्ताका लागि आह्वान गरिएको छ ।

तर, विवादका कारण अहिलेसम्म क्याम्पसको गेट खुलेको छैन् । गेट बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई विद्यार्थी संगठनले आफूहरुसँग छलफल नै नगरी निर्वाचन तालिका सार्वजनिक भएको भन्दै खारेज गर्न र संयुक्त छलफल गरेर नयाँ बनाउन माग गरेका छन् ।

केही दिन अघि स्ववियुको मनोनयन दर्ताको क्रममा पनि विद्यार्थीहरुबीच झडप भएर क्याम्पसमा आगजनी समेत भएको थियो ।