२९ आश्विन २०८३, बिहिबार

नन्दप्रसाद अधिकारीको निधन, ३३३ दिन आमरण अनसन बस्दा पनि न्याय पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adhikari-damtiकाठमाडौं, ६ असोज । शसस्त्र युद्धका समयमा निर्दोष छोरालाई अपहरण गरी हत्या गर्ने माओवादी कार्यकर्तालाई कानुनी सजायको माग गर्दै अनसन बसेका गोर्खाका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।

पछिल्लोपटक लगातार ३ सय ३३ दिनदेखि अनशन बसेका गोर्खाका नन्दप्रसादको सोमबार साँझ निधन भएको हो । उनकी धर्मपत्नी गंगामाया अधिकारी पनि जीवनकै अन्तिम अवस्थामा पुगेको वीर अस्पतालले जनाएको छ। दैनिक नेपालले उहाँका बारेमा सोमबार दिउँसै समाचार ब्रेक गरेको थियो ।

०६४ सालमा माओवादीद्वारा अपहरण गरी हत्या गरिएका कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसादले पत्नी गंगामायासँगै अनसन सुरु गरेका थिए ।