काठमाडौं, १९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा अनेरास्ववियु तेस्रो स्थानमा खुम्चिएको छ ।
बुधबार सम्पन्न स्ववियु निर्वाचनमा झापाको क्षेत्र नं ७ मा पर्ने विभिन्न क्याम्पसहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु तेस्रो स्थानमा पुगेको हो । पहिलो स्थान भने नेपाल विद्यार्थी संघले हासिल गरेको छ ।
झापामा रहेका ९ क्याम्पस मध्ये ६ क्याम्पसमा नेबिसंघका उम्मेदवारहरु विजयी भएको बताइएको छ । नेविसंघले विजयी हाँसिल गरेका क्याम्पसहरुमा काँकरभिट्टा बहुमुखी क्याम्पस, दूर्गा बहुमुखी क्याम्पस गरामुनी, गौरिगन्ज क्याम्पस, शनिश्चरे बहुमुखी क्याम्पस, कन्काइ क्याम्पस बिर्तामोड र दमक बहुमुखी क्याम्पस रहेका छन् ।
यसमध्ये दमक क्याम्पस एमाले अध्यक्षको क्षेत्र हो । जहाँ अनेरास्ववियु तेस्रो भएको छ । जसमध्ये नेबि संघका बिनोद चापागाईँको ४११, अखिल क्रन्तिकारीका कुल बहादुर बस्नेतको ३३५ र अनेरास्वबियुका सन्तोष दुलालको ३१५ मत आएको छ ।











प्रतिक्रिया