५ मंसिर २०८३, शनिबार

एमालेले भन्यो– मधेसी मोर्चालाई पन्छाएर अभियानलाई अघि बढाउँछौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १९ फागुन । नेकपा एमालेले आफ्नो मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मधेसी मोर्चाले अवरोध गरे पन्छाएर अगाडि बढ्ने चेतावनी दिएको छ ।

अभियानको पूर्वसन्ध्यामा सप्तरी आएका एमाले सचिव योगेश भट्टराईले कुनै अवरोध नपुर्याउन मोर्चालाई आग्रह गरे । उनले भने– ‘मोर्चाको बन्द र चक्काजाम खेदजनक छ । कुनै पनि अवरोधले तराईमा एमालेको अभियान रोकिँदैन् ।’

सप्तरीको कन्चनपुरमा आयोजित कार्यक्रममा सचिव भट्टराईले एमाले मधेसको धर्तीपुत्र भएको बताउँदै मधेसी जनता र मधेसी मोर्चा फरक भएकाले आफूहरुले मधेसी मोर्चाका अनुचित माग अस्वीकार गरेको तर, मधेसी जनताका माग पूरा गराउन प्रयत्नशील रहेको स्पष्ट पारे ।

मोर्चाले एमालेको कार्यक्रमलाई लक्षित गरेर चक्काजाम घोषणा गरेपछि एमाले प्रवक्ता भट्टराईले मोर्चाले बन्दका कार्यक्रम स्थगित नगरे पनि अभियान अघि बढ्ने र कुनै पनि अवरोधको जनताले नै प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।