काठमाडौं, १९ फागुन । माइ शप ड्राई क्लिनर्सको ७ औं शाखा महाराजगञ्जमा सञ्चालनमा आएको छ ।
विगत ७० वर्षदेखि ड्राई क्लिनिङ उद्योगमा वर्चश्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रुपमा काम गर्दै आइरहेको माइ शपले अत्याधुनिक मेसिनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने र वातावरणमैत्री केमिकल्सहरु मात्र प्रयोग गरी सफाईमा कुनै कसर नछोड्ने बताएको छ ।
२० औं वर्षदेखि कार्यरत कर्मचारीहरुले ड्राई क्लिनिङ व्यवसायमा विशेषज्ञता हासिल गरिसकेका छन् । तीन पुस्तादेखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घरगृहस्थी एवं व्यवसायिक क्षेत्रका धेरैले रुचाएको कम्पनीमा सञ्चालक नीलम हर्जानीले बताए ।
७ औं शाखाको शुभारम्भको अवसरमा फागुन २७ गतेसम्म ड्राइ क्लिनिङमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
















प्रतिक्रिया