५ मंसिर २०८३, शनिबार

बाजुराका दुई क्याम्पसमा अनेरास्ववियु र १ मा नेविसंघको जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १९ फागुन । बुधबार सम्पन्न स्ववियु निर्वाचनमा जिल्लामा रहेका तीन वटा क्याम्पस मध्ये २ वटामा अनेरास्ववियु र १ वटामा नेविसंघ सहीत सयुक्त प्यानल विजयी भएको छ । सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पस र विमान स्थल रहेको कोल्टी स्थित बुढीनन्दा क्याम्पसमा अनेरास्ववियुले जित हात पारेको हो ।

त्यस्तै बडिमालिका क्याम्पस फालासैनमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन र अखिल क्रान्तिकारी सहीतको सयुक्त प्यानल विजयी भएको छ । विजयी हुने मध्ये बाजुरा क्याम्पसमा अनेरास्ववियुको सिंगो टिम वियजी भएको छ । भने बुढीनन्दा क्याम्पसमा अध्यक्ष, कोषाध्यक्ष अनेरास्ववियु, उपाध्यक्ष सचिव नेविसंघ विजयी भएको छ ।

बडिमालिका क्याम्पसमा प्रत्यक्ष तर्फ अध्यक्ष, कोषाध्यक्ष सहीत तीन जना सदस्यमा नेविसंघ सहीतको सयुक्त प्यानल विजयी भएको छ । भने सचिव र १ जना सदस्यमा अनेरास्ववियु विजयी भएको छ ।

बाजुरा क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिमा चेतन दीप अयडीले १४७ मत सहीत जित हात पारेका छन् । भने उनका प्रतिद्धन्द्धी सयुक्त प्यानलका जनक थापाले ११७ मत मात्र प्राप्त गरेका छन् । अयडीले ३० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

यस्तै सचिवमा अनेरास्ववियुका राजिव रोकायाले १४९ मतले सयुक्त प्यानलका तर्फबाट उम्मेदवारी दिएका अर्जुन बुढालाई पराजित गरेका हुन् । बुढाले ११० मत मात्र प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका जलु रावल १४३ मतले विजयी भईन । प्रतिद्धन्दी दुर्गा पाध्यायले ११३ मत मात्र प्राप्त गरिन् ।

यसैगरी सदस्यमा अनेरास्ववियुका नरेश नाथ १३३, इन्द्र बोहरा १४४, कुमार बहादुर सिंह १४१, श्याम रोकाया १४०, गोरख विक १३५ मत प्राप्त गर्दै जित हात पारे । ३१४ जना विद्यार्थी रहेको बाजुरा क्याम्पसमा २६५ मत खसेको थियो ।

यस्तै बडिमालिका क्याम्पस फालासैनमा सयुक्त प्यानका तर्फबाट नेविसंघका दिलबहादुर थापा अनेरास्ववियुका धर्म बुढालाई पराजित गर्दै १०२ मत सहीत विजयी भएका छन् । बुढाले ५३ मत प्राप्त गरे ।

१६२ मत खसेकोमा ४ वटा मतबदर भएको थियो । त्यसैगरी सचिवमा अनेरास्ववियुका बलराम पाध्याय विजयी भए । पाध्याय प्रतिद्धन्द्धीले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी कोषाध्यक्षमा सयुक्त प्यानलका तर्फबाट बसन्ती कुमारी जोशी ९७ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्दी जानकी थापा ५४ मत सहीत पराजित भईन । सदस्यमा अनेरास्ववियुका अमृत कुमारी वि.क, सयुक्त प्यानलका तर्फबाट जनक बुढा ९९, दिनेश विष्ट १००, डम्मराज गिरी १००, सुरेन्द्र केसी १०१ मत सहीत विजयी भएका छन् ।

यसैगरी समानुपातिक तर्फ नेविसंघ ९९, अनेरास्ववियुले ५१, क्रान्तिकारीले ६ मत प्राप्त गरेको छ । यसैगरी बाजुरा क्याम्पसमा समानुपातिक तर्फ अनेरास्ववियुले १३९, नेविसंघ १०४, अखिल क्रान्तिकारी १३, नयाँ शक्ति विद्यार्थी संघ ६ मत प्राप्त गरेको छ ।

बुढीनन्दा क्याम्पसमा सभापतिमा अनेरास्ववियुका केशर भाट सर्वसम्मत निर्वाचत भएका छन् । सहमतिका आधारमा सभापति र कोषाध्यक्ष सहीत ३ जना सदस्य अनेरास्ववियुले उपाध्यक्ष र कोषाध्यक्ष सहीत ३ जना सदस्य र अखिल क्रान्तिकारीलाई सहसचिव पद दिईएको छ । जसमा अनेरास्ववियुका तर्फबाट सभापति केशर भाट, कोषाध्यक्ष अमर कार्की, सदस्य सरस्वती वि.क, भरत विक, नन्दबहादुर धामी निर्वाचित भएका छन् ।

त्यस्तै नेविसंघका तर्फबाट उपाध्यक्ष नन्दलाल धामी सचिव गोविन्द्र सिंह सदस्यमा भीमराज अयडी, झरना बोहरा प्रर्मिला खत्री निर्वाचित भएका छन् । भने अखिल क्रान्तिकारीबाट सहसचिव विनपुरा सिंह निर्वाचित भएका छन् ।

स्ववियु निर्वाचनका लागि सिंगो पार्टी लागेको थियो । निर्वाचनमा काँग्रेस सभापति कविराज पण्डित, नरेन्द्र रोकाया, पदम बडुवाल सहीत माओवादी केन्द्र नयाँ शक्तिका शिर्ष नेताहरु लागि परेका थिए ।

यता एमालेले पनि पार्टी सांसद बसुन्धरा रोकाया, उपसचिव गगन रावल, जनक कुमार बोहरा, अमर खड्का, काशी वि.क, हरि रोकाया, विनोद कुमार विक लगायत सिंगो पार्टी पक्ति लागेको थियो ।