संसदमा दर्ता गरिएको संविधान संशोधन जनताको भावना विपरित ल्याइएको भन्दै सत्तारुढ दलका चार जना सांसदले विधेयकमाथि नै संशोधन दर्ता गराएका छन् । संशोधन दर्ता गराउने नेपाली काँग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ, अमरिसिंह गुरुङ र माओबादी केन्द्रका टोपबहादुर रायमाझीले संशोधन विधेयकको विपक्षमा मतदान गर्ने संकेत दिएका छन् । यसै विषयमा दैनिक नेपालले नेपाली काँग्रेसका चन्द्र भण्डारीसंग कुराकानी गरेको छः
नेकपा एमालेले सुरुमा संविधान संशोधनको व्यापक विरोध गरेको थियो । संशोधन प्रस्ताव दर्ता नै हुन दिँदैनौं भनेको थियो । पछि संसदमा पेश हुन दियो । त्यस्तो भन्ने पार्टीले संसदमा संशोधनबारे छलफल हुन दिँदैनौं भन्यो । तर, अहिले छलफल गर्न दिइरहेको छ । यसमा एमालेको एउटै अडान देखिएन । अपरिपक्व निर्णय गरिरहेको छ । एमालेको भूमिका पनि शंकास्पद छ ।
– तपाई संविधान संशोधनको विपक्षमा हुनुहुन्छ, यो पास हुने सम्भावना देख्नुहुन्छ ?
अहिले हामी अत्यन्त अप्ठेरो परिस्थितीमा छौं । संविधान बनाउने शक्तिहरु एकै ठाउँमा बस्नुपथ्र्यो । संविधान बनाउनुभन्दा कार्यान्वयन गर्न बढी चुनौति हुन्छ । नेतृत्व गैरजिम्मेवार भएका कारण अहिलेको अवस्था आइरहेको छ ।
संविधान कार्यान्वयनको नाममा जुन संशोधन पेश भएको छ, त्यस देश र जनताका लागि हितमा छ भन्ने कुनै चाँसो दिइएको छैन । दर्ता भएको संशोधन प्रस्ताव सफल हुनेवाला छैन । कुनै आश्वासनमा राप्रपाले साथ दिए मात्रै प्रस्ताव पास हुनसक्छ ।
– नेकपा एमालेले संशोधनको पक्षमा आउन सक्छ त ?
नेकपा एमालेले सुरुमा संविधान संशोधनको व्यापक विरोध गरेको थियो । संशोधन प्रस्ताव दर्ता नै हुन दिँदैनौं भनेको थियो । पछि संसदमा पेश हुन दियो ।
त्यस्तो भन्ने पार्टीले संसदमा संशोधनबारे छलफल हुन दिँदैनौं भन्यो । तर, अहिले छलफल गर्न दिइरहेको छ । यसमा एमालेको एउटै अडान देखिएन । अपरिपक्व निर्णय गरिरहेको छ । एमालेको भूमिका पनि शंकास्पद छ ।
– संविधान संशोधनमा कुन–कुन कुरामा तपाईको असन्तुष्टि छ ?
संविधान संशोधनको विरोध सीमांकनलाई मात्रै जोडिएर गरिएको हो कि भन्ने परेको छ । त्यो मात्रै होइन । हामीले सीमांकनका साथै भाषा, भूगोल र जनसंख्याको आधारमा प्रतिनिधित्व, नागरिकतालगायतका विषयमा हुन लागेको संशोधनमा मेरो विमति छ ।
– यसमा मधेशी दलको भूमिका कस्तो छ ?
मधेशी दलहरुपनि सिस्टम बाहिर गइरहेका छन् । संविधान परिमार्जनसहित संशोधन नभएमा चुनाव नै हुन नदिने भनिरहेको छ । यसले देशलाई कहाँ पुर्याउँछ ? उनीहरुले भनेजस्तै अरुले भन्यो भने त देश अराजकतातिर जान्छ नि । सरकारले पनि यसलाई व्यवस्थित गर्नुपर्छ ।
– यदि संविधान संशोधन पास भइहालेमा तपाई के गर्नुहुन्छ ?
सकेसम्म संविधान संशोधन पास हुन सक्दैन । यदि कोही कसैको प्रलोभन र आश्वासनमा परेर संविधानको पक्षमा जान सक्छन् । जे जसरी भएपनि संविधान संशोधन पास भएमा बहुमतलाई बाध्यताबस पनि मान्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा प्रणालीलाई स्वीकार्न म पनि बाध्य हुन सक्छु ।














प्रतिक्रिया