काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालले सामाजिक सञ्जालमा छिन् वा छैनिन् भन्ने विषय धेरैको चासो हुन सक्छ । तर, सीता सामाजिक सञ्जालसँग जोडिएकी छिन् । यो कमैलाई मात्रै थाहा होला ।
सीताले आफ्नो नाममा फेसबुक एकाउन्ट खोलेर थुप्रै साथी बनाएको रहस्य खुलेको छ । फेसबुकमा सीताका ४ हजार ९ सय ३७ साथी छन् । सीताको साथीको सूचीमा छोरा प्रकाश दाहाल पनि छन् । छोरा प्रकाश साथीको सूचीमा रहेको देखिएपछि सीता प्रधानमन्त्रीको सरकारी निवासमा बसेर फेसबुक चलाउन गरेको अनुमान गर्न कुनै कठिन भएन ।
प्रकाशमात्रै होइन सीताको साथीको सूचीमा नाम चलेका विभिन्न व्यक्तिहरू छन् । नेता, उच्च अधिकारी, पत्रकारहरू साथी छन् ।
सीताले प्रोफाइलमा आफ्नो घर भरतपुर लेखेकी छिन् । बसाइ भने काठमाडौं भनेर लेखिएको छ । सीताले आफू एकीकृत माओवादीको केन्द्रीय समिति सल्लाहकार भनेर टाइमलाइनमा उल्लेखा गरेकी छिन् ।
तर, उनका पति एवम् माओवादी केन्द्रका अध्यक्ष हुन् । प्रोफाइल हेर्दा सीताले पार्टीका नाम फेरिएको चाल पाएकी रहिन छिन् । उनले फेसबुकको प्रोफाइल फेरेकी छैनन् । फेसबुकमा सीताले पति–पत्नीका तस्बिरका साथै परिवारका पुराना तस्बिरहरू पनि पोष्ट गरेको देख्न पाइन्छ ।
फेसबुक चलाउन नराम्रो होइन । प्रधानमन्त्रीकी पत्नी सामाजिक सञ्जालमा रहेर देश र समाजलाई सकारात्क सन्देश दिनुपर्छ । उनको फेसबुक वालमा माओवादी पार्टीका समाचार र आफ्ना पतिका भाषणभन्दा अरु शेयर भएको देख्न पाइँदैन ।
यो फेसबुक सीता आफैले चलाउँछिन् वा उनका छोरा प्रकाश, यो भने थाहा हुन सकेन । सीता दाहालको फेसबुक एकाउन्टका विषयमा जिज्ञासा राख्न उनका छोरा प्रकाश दाहाललाई दैनिक नेपाल डटकमले सम्पर्क गर्न खोज्दा मोबाइल फोनमा सम्पर्क हुन सकेन ।











प्रतिक्रिया