
डडेलधुरा, १९ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाल विद्यार्थी संघले दुईवटा क्याम्पसमा कब्जा जमाएको छ ।
त्रिवेणी क्याम्पस जोगबुढा र डडेलधुरा बहुमुखी क्याम्पसमा नेविसंघले पूरै प्यानलमा जित हासिल गरेको हो । नेविसंघलाई जिताउन डडेलधुरा कांग्रेसका अध्यक्ष कर्ण मल्लले ठूलो भूमिका खेलेको स्रोतले जनाएको छ । कांग्रेस नेता मल्ल खुमबहादुर खड्का निकटका मानिन्छन् ।
त्रिवेणी क्याम्पस जोगबुढामा नेविसंघ कृष्ण नाथको प्यानल विजय भएको छ । नाथले ८९ मत पाएका थिए । नाथका प्रतिद्वन्द्वी संयुक्त प्यानलका मोहन धामीले ५८ मत पाएका थिए ।
डडेलधुरा बहुमुखी क्याम्पसमा नेविसंघकै जगत ऐर विजयी भएका छन् । ऐरले १ सय ४५ मत प्राप्त गरे । ऐरका प्रतिद्वन्द्वी एमाले अखिलका प्रिय मल्लले जम्मा २५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।











प्रतिक्रिया