५ मंसिर २०८३, शनिबार

राप्ती राजमार्गमा एकाबिहानै ‘ठूलो’ सडक दुर्घटना(तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ फागुन । दाङ जिल्लास्थित राप्ती राजमार्गको फूलवारी गाविसको लेरुवाडाँडामा भएको सडक दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस र तुलसीपुरतर्फ आउँदै गरेको से १ ख १२८७ नम्वरको ट्रक ठोक्किँदा बसका चालकसहित १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा तुलसीपुर निवासी १९ वर्षीय बीरण चौधरी गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

(तस्बिर सौजन्य देवीराम कसुरी रिजाल)