५ मंसिर २०८३, शनिबार

एमाले अब देशकै पहिलो पार्टी बन्छः नेता ज्वाला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, १८ फागुन । ब्यबस्थापिका संसद अर्थ समितिका सभापति एवं एमाले नेता प्रकाश ज्वालाले स्थानिय निकायको चुनाबको तयारीमा लाग्न निर्देशन दिनु भएको छ ।

एमाले अब देश कै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले बैशाख ३१ गते हुने स्थानिय निकायको चुनाबमा एमाले पहिलो शक्तिको रुपमा उदाउने बताउनुभयो । र, सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

नेकपा एमाले आर्ठौ जिल्ला अधिवेशनबाट नव निर्वाचित जिल्ला कमिटिको पहिलो बैठकमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सल्यान क्षेत्र न २ का सांसद समेत रहनु भएका ज्वालाले कार्यकर्ताले आप्mनो सम्पुर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्न आग्रह गर्नुभयो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न जिल्ला अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचन अभियानमा सल्यानको सिंगो पार्टी एकता बद्द भएर जुट्ने संकल्प गरेको छ । नेकपा एमाले सल्यानका नवनिर्वाचित सचिव रमेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा भुगोलबाट निर्वाचित सम्बन्धितलाई सो ईलाको इन्चार्ज तोक्नेर प्रत्येक इलाकामा एकताको सन्देश फैलाउने निर्णय गरेको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य गुलाब जंग शाहको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष भिम बहादुर सेनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।