काठमाडौं, १८ फागुन । नेपाल विद्यार्थी संघले रोकिएका क्याम्पसहरुमा तत्काल स्ववियु निर्वाचन गराउन माग गर्दै रिले अनसन थालेको छ ।
बुधबार केन्द्रीय सदस्यद्धय कौशी भट्ट, रमा थापाको नेतृत्वमा पद्मकन्या क्याम्पसमा नेविसंघले अनसन थालेको विद्यार्थी नेता उत्तम साउदले जानकारी दिए ।
बुधबारै नेविसंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि हालतमा निर्वाचन हुनु पर्दछ, निर्वाचन गराउन नसक्ने क्याम्पस प्रमुख र निर्वाचन आयुक्तले राजीनमा दिनु पर्दछ ।’
विभिन्न माग राखेर अनशनमा बसेको अनशनमा अहिले देखिरहेका समस्या समाधानका लगि सर्वदलिय बैठक राख्नु पर्ने समेत बताएको छ । त्यस्तै पद्मकन्या क्याम्पसलाई महिला विश्व विद्यालय बनाइनुपर्ने माग समेत गरिएको छ ।
इ लाइबे्ररीको व्यवस्था कलेज हाता भित्र सर्वसुलभ वाइफाईको व्यवस्था, विद्यार्थीका लागि होस्टेल, तथा कलेजको भैतिक अवस्था सुधार लगायत गरिनुपर्ने संघले जनाएको छ ।













प्रतिक्रिया