५ मंसिर २०८३, शनिबार

सरकारबाट समर्थन फिर्ता लिएर चुनावविरुद्ध सशक्त आन्दोलनमा उत्रिन्छौंः यादव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । मोर्चाका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र चुनावको विरोधमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा यादवले भने, ‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त प्रतिवाद गर्छौं ।’ उनले सरकारसँग मोर्चाले तीन बुँदे सम्झौता गरेकोमा अहिलेसम्म कार्यान्वयन नुहुनु दुःखदायी कुरा भएको गुनासो पोखे ।

यादवले भने, ‘सरकारसँग मोर्चाले गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म केहीपनि कार्यान्वयन भएन, अहिलेसम्म सहिद घोषणा भएन, मुद्दा फिर्ता भएन, बरु उल्टै मुद्दा लगाउने काम भएको छ, औषधी उपचार दिईएन् ।’

उनले निर्वाचन घोषणा गर्नु संघीयतालाई समाप्त पार्नु भएको समेत आरोप लगाए । उनले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन अपुरो, अधुरो रहेको आरोप लगाए । उनले संशोधन प्रस्ताव पारित नभए प्रलय आउने समेत चेतावनी दिए । उनले संशोधन प्रस्ताव परिमार्जनसहित नै पारित गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले विश्वासघात गर्दैछ, मधेशी मोर्चा मध्यमार्गी भएर देशलाई एकता बनाउनमा केन्द्रित छ ।’