धनगढी, १८ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन गर्नु मुलुकका लागि घातक हुने बताएका छन् ।
उनले अहिले संकट समाधान र मधेशी मोर्चा चुनावमा जाने सरकारको धारणापछि माभै सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिएको बताए । देश र जनताको हितविपरित आएको प्रस्तावलाई असफल पार्ने दाबी गरे ।
धनगढीमा बुधबार प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले मधेशको मुद्दा नै स्पष्ट नरहेकाले संविधान संशोधनको कुरा औचित्यहिन भएको बताउनुभयो । मधेसी मोर्चासहितको संघीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको उनको भनाई छ ।
संविधानको कुन धारा, व्यवस्थाले कुन जनता र कुन समुदायलाई असर पारेको छ भन्ने बारेमा काँग्रेस माओवादीले भन्न सक्नुपर्ने उनले बताए ।
उहाँले सरकारमा रहेका दलहरुबीचनै संविधान संशोधनका बारेमा मतभेद् रहेको भन्दै उनले यसको कुनै अर्थ नरहेको औंल्याए । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावका लागि मिति घोषणा गर्नु स्वागतयोग्य भएको भन्दै तोकिएको समयमा चुनाव हुनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
०७० सालको संबिधानसभा निर्वाचनमा समेत राष्ट्रिय दलहरुले चुनाव बहिस्कार गर्दा पनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।’ उपाध्यक्ष रावलले भने- ‘अहिले मधेशी दलहरुले बिरोध गरेपनि अन्त्यमा मधेशी दलहरु पनि चुनावमा भाग लिन्छन् ।’
उपाध्यक्ष रावलले देशको अखण्डता, सार्वभौमिकता तथा स्वतन्त्रताका बिरुद्ध खुलेआम बोल्नेलाई सरकारले संरक्षण गरेको आरोप पनि लगाए । हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जात जातीको नाममा जनतलाई भड्काउनेले देशको हित गर्न नसक्ने उनको भनाई छ ।
साथै उनले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्न र राष्ट्रिय एकता एवं सामाजिक सद्भाव सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको जानकारी समेत दिए ।












प्रतिक्रिया