५ मंसिर २०८३, शनिबार

मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा मन्जिभ सिंह पुरीलाई पठाउने निर्णय गरेको छ ।

राजदूत रञ्जीत रेको कार्यकाल मंगलबारदेखि सकिएपछि भारत सरकारले पुरीलाई नयाँ राजदूत बनाएर पठाउने निर्णय गर्दै बुधबार बिहान काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको स्रोतले बतायो ।

हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत रहेका पुरीले विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर काम गरिसकेका छन् ।