
काठमाडौं, १७ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नहुँदासम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय दोहोर्याएको छ ।
काठमाडौंको बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनको विधेयक परिमार्जनसहित पहिला पारित हुनुपर्ने निर्णय गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए । उनले भने, ‘मधेसी मोर्चा आफ्नो अडानबाट पछाडि हट्दैन । पहिला संविधान संशोधन हुनुपर्छ । त्यसपछि स्थानीय चुनावमा भाग लिने छौँ ।’
मधेसी मोर्चालाई प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आज भएको वार्तामा प्रस्ताव गरेको बताएका सोनलले भने, ‘हामीलाई धोका दिने गरी आएका प्रस्ताव मान्ने पक्षमा छैनौँ ।’
बालुवाटारको बैठकपछि सिधै बिजुलीबजार आइपुगेका मधेसी मोर्चाका नेताहरूले आफूहरूलाई सरकारका तर्फबाट धोका हुँदै आएको निष्कर्ष निकालेका छन् ।











प्रतिक्रिया