
काठमाडौं, १७ फागुन । विश्व बिख्यात स्पोर्टस ब्राण्ड रिबकको आधिकारिक बिक्रेता रुट्स फेसन प्रा.लि.ले शेर्पा मल दरबारमार्ग, काठमाडौंमा आधिकारिक एक्सक्लुसीभ सोरुम संचालनमा ल्याएको छ ।
मंगलबार (आजदेखि) सञ्चालनमा आएको उक्त एक्सक्लुुसीभ सोरुमको उद्घाटन नेपाली कांगे्रसका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

एक्सक्लुसिभ सोरुममा रिवक कम्पनीले उत्पादन गरेका जुत्ता, ट्रयाक सुट, टिर्सट, लगायतका बिभिन्न खेल सामाग्रीहरु रहेका छन । खेलकुद क्षेत्रमा लागेका र लाग्ने खेलाडी तथा खेलसंग सम्वन्धित ब्यक्तिलाई लक्षित गरी सोरुम संचालनमा ल्याइएको प्रबन्ध निर्देशक संजिव तुलाधरले जानकारी दिनुभयो । सो सोरुममा मौसम अनुसारका सबै प्रकारका खेल सामाग्री तथा पहिरनहरु रहने प्रबन्ध निर्देशक तुलाधरले बताउनुभयो ।
अव कम्पनीले रिवक ब्राण्डका स्पोर्टस सामाग्रीहरु दरवारमार्ग सहित न्युरोड र त्रिपुरेश्वरमा बिक्रि बितरण शुरु गर्ने भएको छ ।
















प्रतिक्रिया