काठमाडौं, १७ फागुन । बैंकमा जागिर गर्न इच्छुकलाई सुनौलो अवसर । नेपालकै अग्रणी प्रभु बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
बैंकले सार्वजनिक सूचना प्रकाशित गरी जुनियर अफिसरदेखि सुपरभाइजरसम्म २७ जना भन्दा धेरैका लागि आवेदन माग गरेको हो ।
जसअनुसार जुनियर अफिसरमा ११ जना, सुपरभाइजरमा १० जना, आइटिमा ५ जना, कानुनमा २ जना र म्यानेजमेन्ट ट्रेनिङ, जुनियर असिस्टेन्टमा मागसंख्या नतोकेर आवेदन मागेको छ ।
आवश्यक पदमा न्युनतम योग्यता पुगेकाले एकसाताभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन फारम प्रभु बैंकको वेवसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।
आवेदन फारमका लागि प्रभु बैंकको वेवसाइट हेर्न तल क्लिक गर्नुस्ः
















प्रतिक्रिया