५ मंसिर २०८३, शनिबार

प्रस्तावित महिला राजदूतको नाम फिर्ता लिएपछि गच्छदारको प्रचण्डसँग हारगुहार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । विवादास्पद छवि भएकी प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम फिर्ता लिएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार प्रधानमन्त्री गुहार्न बालुवाटार पुगेका छन् ।

गत सोमबारको क्याविनेट बैठकबाट युएईका लागि कांग्रेसको कोटामा आशा लामा र फोरम लोकतान्त्रिकबाट ओमानका लागि शर्मिला पराजुली राजदूत सिफारिस भएका थिए ।

तर, खाडी मुलुकमा नेपाली कामदार पठाएर ‘ठगी गरेका’ म्यानपावर व्यवसायीलाई कामदारहरूको हित रक्षा गर्नुपर्ने प्रमुख दायित्व रहेको राजदूत पदका लागि सिफारिस गरेको भन्दै चर्काे विरोध भएको थियो । चौतर्फी विरोधपछि परराष्ट्र मन्त्रालयले शर्मा र पराजुलीको नाम फिर्ता लिने निर्णय गर्यो ।

फिर्ता लिने परराष्ट्रको निर्णयसँगै त्यसको प्रतिवाद गर्दै गच्छदार आइतबार प्रधानमन्त्री गुहार्न बालुवाटार पुगेको स्रोतले बतायो ।

प्रस्तावित राजदूत शर्मिला पराजुली ।

‘मन्त्रीज्युले चर्काे विरोध भयो भनेर उहाँकै सहमतिमा नाम फिर्ता लिने निर्णय भएको हो,’ परराष्ट्रमन्त्री निकटस्थ एक अधिकारीले भने– ‘तर, उहाँ फेरि प्रधानमन्त्री गुहार्न जानुभयो भन्ने सुनियो । यो गलत हो ।’

बालुवाटार स्रोतका अनुसार गच्छदारले प्रधानमन्त्रीलाई भेटेर प्रस्तावित राजदूत पराजुलीको नाम नहटाउन आग्रह गरेका थिए । उनले पराजुलीको नाम हटाए मलाई अप्ठ्यारो पर्ने भन्दै जसरी पनि उनको नाम राखिदिन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले यसबारे कांग्रेस र आफ्नो पार्टीमा छलफल गरेर निर्णय दिने आश्वासन दिएका थिए ।