५ मंसिर २०८३, शनिबार

रामेछाप केन्द्र बनाएर लगातार भूकम्प, सर्वसाधारण त्रसित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । रामेछापमा सोमबार विहान लगातार भूकम्पको धक्का महसुस गरिएको छ ।

रामेछापको सुनारपानीस्थित कार्कीटारलाई केन्द्रबिन्दु विहान ९ बजेर २२ मिनेटमा ४ दशमलब ६ र १० बजेर ६ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनका अनुसार भूकम्पका दुई धक्कापछि पनि अरु दुईवटा साना कम्पन गएका छन् ।

रामेछाप केन्द्र भएर गएको भूकम्पको धक्का बाग्लुङ, म्याग्दी, तनहुँ लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

भूकम्पको झड्काले सर्वसाधारण त्रसित

यसैबीच एकपछि अर्को भूकम्पको झड्काले सर्वसाधारण त्रसित बनेका छन् । भूकम्प आउँदा केहीबेर भागदौड समेत भएको रामेछाप प्रहरीले जनाएको छ । भूकम्प पछि घर बाहिर निस्केका सर्वसाधारण केही क्षणपछि आ–आफ्नो काममा फर्केपछि फेरि भूकम्प आएपछि थप त्रसित बनेका हुन् ।

आजको धक्काले विगतको भूकम्पबाट चर्किएका पुराना संरचनाहरुमा केही क्षति भएको छ । कच्ची घरहरु अझै धेरै चर्किएका छन् ।

भूकम्प आएपछि मन्थलीका विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामी र कुरुवाको केहीबेर भागदौड समेत भयो । बिदाको दिन भएपनि शैक्षिक संस्थामा कोचिङका लागि पुगेका विद्यार्थीहरु चौरमा निस्किएका थिए ।

लगातार भूकम्प आउँदा सर्वसाधारणलाई वैशाख १२ को विनाशकारी भूकम्पको झल्को (याद) दिलाइदिएको छ ।

हेर्नुस् तालिकाः