५ मंसिर २०८३, शनिबार

एमाले नेतृत्वको नौ दलीय गठबन्धन विभाजनको संघारमा : मन्त्री नायक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । कानूनमन्त्री अजयशंकर नायकले कांग्रेस र माओवादी केन्द्रका नेताहरूले संविधान संशोधनमा अलग संशोधन प्रस्ताव लगेकोमा कुनै अर्थ नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री नायकले भने, ‘कांग्रेस र माओवादी केन्द्रका चार जना सांसदहरूले अलग संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । त्यसको कुनै अर्थ छैन । उहाँहरूले पार्टीको निर्देशनलाई पालना गर्ने आश्वासन दिनुभएको छ ।’

मन्त्री नायकले आफ्नो दल माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पार्टी नीति विपरित कहिल्यै नजाने बताए । उनले भने, ‘आफूले जे गरे पनि पार्टीको नीति विपरित वहिर गएर कुनै काम गर्दिन भन्नुभएको छ ।’

संविधान संशोधन विधेयक त एमालेसहितका विपक्षी गठबन्धनहरूले असफल बनाइ दिने भए नि ? भन्ने प्रश्नमा कानूनमन्त्री नायकले भने, ‘एमालेले पनि साथ दिन्छ । संशोधन विधेयक पारित हुन्छ ।’

उनले एमालेसहितको नौ दलीय गठबन्धन विभाजनको संघारमा रहेको दाबी गरे । ‘एमाले स्वयंले संशोधनको पक्षमा मतदान गर्छ’, उनले भने, ‘होइन भने विपक्षी गठबन्धन पनि विभाजन हुन्छ ।’