३० आश्विन २०८३, शुक्रबार

परराष्ट्र र श्रम मन्त्रालयले असहयोग गरेको राजदूतहरूको गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, ६ असोज । परराष्ट्र र श्रम मन्त्रालयसंग सहज सम्पर्क नहुने र जवाफमा ढिलासुस्ती हुदा दूतावासहरुमा अन्यौलता आउने गरेको त्यस क्षेत्रका राजदूतहरुले प्रधानमन्त्री सुशील कोइराला समक्ष गुनासो गरेका छन् ।

प्रधानमन्त्री कोइराला न्यूयोर्क जानेक्रममा राजदूत तथा कार्यबाहकहरुसंगको अन्तरक्रियामा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् । कर्मचारी संख्या न्यून रहेकोले उनीहरुको दरबन्दी तथा स्थानीय कर्मचारी थप्नु पर्ने मागका साथै सम्पर्क कठिनाईलाई उनीहरुले प्रमुख चासोका साथ उठाएको खाडीबाट एक राजदूतले भनेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सचिव शंकारदास बैरागि पनि सँगै रहेकाले सिधा कुरा राख्न नसके पनि उनीहरुले मुख्यालयबाट छिटो जवाफ आउने संयन्त्र तय गर्न आवश्यक भएको बताएका हुन् ।

उनीहरुले पछि अनौपचारिक छलफलमा प्रधानमन्त्रीका नजिकका ब्यक्ति तथा अन्य भ्रमण दलका अधिकारीहरुसंग भने खुलेर नै यस्तो गुनासो गरेका थिए । सुनेको कुरा कार्यावन्यन हुनेमा उनीहरु विश्वस्त त छैनन भर हुन सकेको नेपालीको सेवामा अझ सहज हुने पनि ति राजदूतले बताए । ‘यस्तो छलफलभन्दा समयमा जवाफ महत्वपूर्ण हुन्छ’ एक कार्यबाहकले रिसाउदै गुनासो गरे ।

‘छलफल आयोजनाबाट प्रधानमन्त्री स्वयंले प्रत्यक्ष जानकारी पाउनु भयो, यो राम्रो हो तर सुधार गर्न धेरै पर्नेछ,’ उनीहरुले भने । धेरैले कर्मचारी अभाव नै त्यहा राखेका थिए । स्थानीय स्तरमा कर्मचारी नियुक्त गर्न समेत उनीहरुले सुझाएका छन।

परराष्ट्रमन्त्रालयले दरबन्दी थप्ने भनिरहेको अवस्थामा एक राजदूतले दरबन्दीको एक कोटाले स्थानीय स्तरमा चार भन्दा बढि कर्मचारी आउने हुनाले फिलिपिन्स, बंगालादेशी मोडलमा दुतावासमा स्थानीय स्तरको कर्मचारी थप्न उपयुक्त हुने सुझाएका थिए । उनीहरुले प्रधानमन्त्रीलाई सुनाएको सबै विषय पटक पटक मन्त्रालयमा लेखेर पठाइसकेको भएपनि त्यसमा सुनुवाई भएको छैन् ।

दूतावासले पठाएको प्रतिवेदन पढ्ने र त्यसको सही रिपोटिङ परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुखहरुले गरिदिने हो भने समस्या समाधानमा असहजता आउने उनीहरुको धारणा छ । एक राजदूतले टेलिफोनमा भने, ‘देखावटी काम भन्दा जनतालाई प्रत्यक्ष लाभ हुने दिगो काममा लाग्न समेत सुझाइएको छ । पहुच भएका हरुको समस्या समाधानको लागि १० जनाबाट फोन आउछ, यहाको समस्या सुनाउन १० जनालाई फोन गर्नु पर्छ यथार्थ यही हो।’

राजदूतसंगै कामदारले काम गरिरहेको स्थानमा नै गएर साच्चै कामदारको कुरा सुनेको भए वास्तविकता अझ आउने थियो । साउदी अरबकालागि नेपालका राजदूत उदयराज पाण्डेले भने, ‘खासगरि मैले कर्मचारी अभावलाई जोड दिए केही साथीहरुले काठमाडौंको सम्वन्धीत निकायसंगको सम्पर्कलाई जोड दिनुभएको थियो । छलफल राम्रै भयो यहा भनिएका कुराहरुको सुनुवाई भए राम्रो हो ।’

सरकारले खाडी मुलुकका राजदूतसंग अन्तरक्रिया गरेको भनिरहेका अवस्थामा इराक र अफगानिस्तानमा कार्यरत नेपालीको समस्यालाई वेवास्ता गरेको छ । त्यो मुलुक हेर्ने राजदूतलाई समेत परराष्ट्रले बोलाएन । समस्या सुन्ने हो भने त्यहाँको जटिलता पनि बुझ्न पर्ने थियो एक अधिकारीले बताए । परराष्ट्र प्रवक्ता खगनाथले भने, ‘इराक र अफगानिस्तानको कुरा कुवेत र कतारमा भएकाबाट नै बुझ्न सकिन्छ । त्यसैले खवर नगरेका हौ ।’

मन्त्रालयसंग दूतावासको सम्पर्कमा कठिन भन्ने विषय युरोप र अमेरिकाका राजदूतहरुले पटक पटक लेखेर पठाएका छन् । दूतावासमा कार्यरतलाई भाष प्रशिक्षण दिने निर्णय गरिएको तर माग गर्दा त्यसमा मन्त्रालयले सुनुवाई नगरेको प्रशंग ब्रसेल्सबाट परराष्टमा आएको पत्र नै लेखिएको छ ।

यसरी काममा सुनुवाई नहुने अवस्थाबाट गुज्रिएको मन्त्रालयबाट तत्काल सुधार हुन्छ भन्न नसकिने र ब्रसेल्मा हुने भेलामा यस्ता कुरा उठ्ने त्यहाँबाट एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री फर्कदा ब्रसेल्समा पनि यस्तै भेला गराउने छन।

प्रधानमन्त्री छलफल गरेर शनिबार राती नै न्यूयोर्क प्रस्थान गरेका हुन । अमेरिका पुगिसकेका प्रधानमन्त्रीको सोमबार स्वास्थ्य परिक्षण छ भने मंगलबार देखि भेटघाट र सभामा सहभागिता रहने छ ।