काठमाडौं, १५ फागुन । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ ।
कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्ध्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ ।
१७ बर्षदेखि राजधानिमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडीतर्फको खुल्ला भागमा अकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ ।
ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यमवर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने ।
सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथ भारतको मुम्बइमा चार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७ बर्षदेखि यो व्यवसायमा आबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडियाकर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौनदर्य तथा कपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’
महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेका छन् । फाण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागत गर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे ।
व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।
















प्रतिक्रिया