३ कार्तिक २०८३, मंगलबार

५० रुपैंया लोभ गर्दा २ लाख लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

भरतपुर, ५ असोज । चितवनमा एक व्यक्तिको नाटकीय रुपमा दुई लाख रुपैँया लुटिएको छ ।

भुईमा देखेको ५० रुपैयाँ टिप्न खोज्दा नारायणगढस्थित हिमालयन बैंकमा रेवती ढकाल नामका एक ग्राहकको दुई लाख रुपैंया चोरी भएको हो । आइतबार मध्यान्ह दुई लाख रुपैयाँ जम्मा गर्न बैंकमा पुगेका ढकाललाई कुनै अपरिचतले बैंकको काउन्टर अगाडिको भुइमा खसेको ५० रुपैयाँ देखाइ दिएको थियो। त्यही रकम टिप्न खोज्दा ढकालको साथमा रहेको २ लाख रुपैंया लुटिएको हो । नारायणगढस्थित सरस्वती सप्लायर्समा कार्यरत ढकालले बिहान सवा ११ वजे बैंकमा रकम जम्मा गर्न पुेगका थिए ।

तर, घटना निकै शंकास्पद देखिएको प्रहरीले बताएको छ । प्रहरीको अनुसार, बैंकको सीसीटीभीमा कैद भएको दृश्यमा दुई लाख रुपैंयाको बण्डल टेवलमा राखेर ‘डिपोजिट भौचर’ भर्दे गर्दा ढकाललाई सँगै रहेका एकजना अपरिचितले तपाइँको पैसा भुइमा खस्योु भन्दै देखाएकबो र त्यही टिप्न खोजेको बेला रकम चोरी भएको देखिन्छ ।

तर, रकम हराएको धेरै समयपछि मात्रै ढकालले घटनाका बारेमा बैंकका सुरक्षा गार्डलाई जानकारी गराएकाले उनकै मिलमतोमा अन्य दुई युवकले रकम चारी भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।