५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीलाई तराई जानबाट मधेसी मोर्चाले रोक्यो ! महन्थ ठाकुरले यसरी डराए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीलाई तराई जानबाट रोक्न खोजेको छ ।

फागुन १६ गते (भोलि) सिम्रौनगढमा हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बारा जाने तयारीमा छन् । उनी सुपर फिस जोन कार्यालयको उद्घाटन गर्न सिम्रौनगढ जान लागेका हुन् ।

तर, त्यसको अघिल्लो दिन मधेसी मोर्चाका प्रमुख नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री विमलेन्द्र निधिमार्फत सिम्रौनगढ नजान सुझाव दिएको सो पार्टीका महासचिव जितेन्द्र सिंहले बताए ।

अध्यक्ष ठाककुरले गृहमन्त्री निधिलाई फोनमा ‘फागुन १६ गते सिम्रौनगढमा हुने कार्यक्रममा सहभागी हुनबाट प्रधानमन्त्रीलाई रोक्नुस्, त्यहाँका जनता निकै आक्रोशित छन्’ भनेका थिए । ठाकुरले सविधान संशोधन नगरि चुनावको मिति घोषणा गरेकाले बाराका जनता आक्रोशित बनेको रिपोर्टिङ गृहमन्त्रीलाई गराएका थिए ।

जवाफमा गृहमन्त्री निधिले सिम्रौनगढको अवस्था बारे आफूले बुझने र प्रमलाई आवश्यक सल्लाह दिने बताएको महासचिव सिंहले जानकारी दिए ।

उसो त प्रधानमन्त्री पद सम्हालेलगत्तै प्रचण्डले रिवन काट्ने, कार्यक्रम उद्घाटन भन्दा बढी काममा फोकस हुन्छु भनेर चर्चा बटुलेका थिए । तर, त्यो कुरा उनको कुरामै सिमित भयो । संविधान कार्यान्वयनका लागि चुनावी वातावरण बनाउनु छाडेर प्रचण्ड आजकल कार्यक्रम उद्घाटन र जिल्ला भ्रमणमै व्यस्त छन् ।