अर्जुन काफ्ले
मलेसिया । नेकपा एमालेले मलेसियामा सम्पर्क समिति गठन गरेको छ ।
क्वालालम्पुरमा भेलाको आयोजना गरी नेकपा एमालेका आस्थावान कार्यकर्ता संगठित भएका हुन । उनीहरुले राजेन्द्र भण्डारीको अध्यक्षतामा नेकपा एमाले मलेसिया सम्पर्क समिति गठन गरेका हुन् । समितिको उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षमा क्रमशः शेरबहादुर गुरुङ्ग, दयाराम कुमाल, चक्र बहादुर तामाङ्ग र प्रविण वुढाथोकी रहेका छन् ।
समितिको सदस्यहरुमा गोपाल भट्टराई, जनक विक, दिपक श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, तम्वुलाल तामाङ्ग, अमृत बहादुर तामाङ्ग रहेका छन् ।
यस्तै सल्लाहाकार परिषद समेत सोही भेलाले गठन गरेको छ । सल्लाहकार परिषदको अध्यक्षमा वेद कुमार खतिवडा, सदस्यहरुमा सन्तोष कार्की, चैतन्य तुम्वाहाम्फे, राजमणि पौडेल, अग्नी पौडेल, तुलसी भण्डारी र कृष्ण आङ्गदेम्वे रहेका छन् । ताप्लेजुङ्ग–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष अग्नी पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिलाइ मलेसियाभर विस्तार गर्ने जनाएको छ ।













प्रतिक्रिया