५ मंसिर २०८३, शनिबार

मधेसी मोर्चाले विरोध गर्दैमा चुनाव रोकिन्नः कांग्रेस नेता साउद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने उद्धघोष गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘चुनाव गर्नुपर्छ, कुनैपनि बहानामा चुनावलाई रोक्नुहुँदैन, मधेशी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरा हुँदैन् ।’

साउदले भने, ‘एक, दुई, तीन चुनाव भएरै छाड्छ, देश अब चुनावमय भएको छ ।’ उनले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले थपे, ‘संशोधन प्रस्ताव पनि पारित हुन्छ, एमालेले समर्थन गर्छ ।’

उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने दाबी गरे । साउदले भने, ‘यही सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउँछ ।’