मेरो उद्देश्य सम्बृद्ध नेपाल हो । हामी एक अर्कासंग विवाद गरेर, एक समुदायले खोक्रो घमण्डको कारणले अर्को समुदायलाई हेपेर महिलाहरुलाई समान अधिकार नदिई, गृहणीको रुपमा मात्रै हेरेर चिल्ला कुरा मात्र गरेर समृद्ध हुनै सक्दैनौ । यदि हामी जनजाति, खस र आर्य, मधेशी भनेर झगडा गरेरै बस्ने हो भने आर्थिक बिकास हुँदैन भन्नेमा स्पष्ट छु ।
बाबुराम ले ‘राजनीतिक परिवर्तन पुरा भयो, अब आर्थिक परिवर्तनको पालो’ भने, तर कहिले १० प्रदेश चाहियो भन्छन्, कहिले कैलाली टुक्राउ भन्छन्, कहिले परिमार्जन गरौ भन्छन । यदि राजनीतिक परिवर्तन पुरा भएको हो भने, यो हजार थरि कुरा किन गर्छन ? यदि पुरा भएको छैन भने हामीजस्ता युवालाई ‘आर्थिक गफ’ दिएर किन झुक्काउदै छन् ?
नेपालमा करिब ८० लाख खस र आर्य छन्, ३ करोड भन्दा बढी जनसंख्या भएको देशमा एक तिहाई पनि नभएको समुदायले दिर्घकालसम्मै पेलेरै जान सक्छ भनेर कसैले सोच्छ भने त्यो भ्रम हो, त्यसरी सोच्नु नैतिक रुपमा त गलत हो नै, रणनीतिक रुपमा पनि देशलाई द्वन्द्वमा फसाउने सोच हो ।
त्यस्तै हेपाहा सोचको कारणले नै अहिले राजतन्त्र पतन भएको हो, युरोप र अन्य धेरै देशमा अझै राजतन्त्र बाँकि छ, र त्यहाँका जनताले राजतन्त्रमाथि गर्व र सम्मान गर्छन् । किन कि उनीहरुले राजतन्त्रलाई ‘आफ्नो’ सोच्छन्, ‘अपनत्व’ महशुस गर्छन् । राजा महेन्द्रले मधेशी समुदायसहित सबैलाई राज्य संचालनमा अपनात्वो महशुस गराउन सकेको भए, आज परिस्थिति अर्कै हुन्थ्यो होला ।
गरिबी मधेशमा भन्दा पहाडमा कम छैन् तरपनि मधेशी समुदायले आफूलाई हेपिएको महसुश गर्छ, त्यसको मुख्य कारण नै भावनात्मक हो । त्यसैले हामीले आर्थिकका साथै भावनात्मक सम्पर्कमा ध्यान दिनु जरुरि छ । हामी सबै खस र आर्य, जनजाति, मधेशी… एक हौं भन्ने भावना बोकेर मात्रै आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ ।
बाबुराम र उपेन्द्रको नाटक
बाबुरामले कुरा चाँहि आर्थिक निकासको गरे तर व्यवहार चाँहि ब्रिटिशहरुले ‘फुटाओ र राज गर’ भने जस्तो कलस्टरको कुरा गरेर सबै समुदायका लाई नेता बन्ने र बनाउने आश देखाएर राजनीतिक धुर्ताई गरिरहेका छन् । बाबुराम र उपेन्द्र यादव नेपाली जनतालाई आफ्नो राजनीतिक स्वार्थको लागि झुक्काइ रहेका छन् ।
बाबुराम ले ‘राजनीतिक परिवर्तन पुरा भयो, अब आर्थिक परिवर्तनको पालो’ भने, तर कहिले १० प्रदेश चाहियो भन्छन्, कहिले कैलाली टुक्राउ भन्छन्, कहिले परिमार्जन गरौ भन्छन । यदि राजनीतिक परिवर्तन पुरा भएको हो भने, यो हजार थरि कुरा किन गर्छन ?

यदि पुरा भएको छैन भने हामीजस्ता युवालाई ‘आर्थिक गफ’ दिएर किन झुक्काउदै छन् ? किन आफैले जारि गरेको संविधान, लागु नै नभई परिमार्जन गर्नुपर्छ भन्दै छन् । हिजो घर बनाएर आफ्नो नाम लेख्ने अनि आजै यो घर मिलेन परिवर्तन गरौ भन्ने ? परिवर्तन गर्दा घर नै भत्क्यो भने नेपालीको हालत के हुन्छ ?
बाबुरामले युरोपियनहरुलाई ‘तिमीहरुको क्रान्तिमा भन्दा त हाम्रो क्रान्तिमा कति नै मान्छे मरेका छन् र ?’ भन्ने गर्थे । उनलाई नेपालमा अरु १०–२० हजार मान्छे मारी हाले पनि त्यो सामान्य नै लाग्ने छ ।
यदि उनको मुख्य एजेण्डा प्रदेशको सीमा परिवर्तन गराउनु हो भने, उनले माओबादी छोडेर, नयाँ शक्ति बनाउन जुन तर्क प्रस्तुत गरेका थिए, त्यो एक ढोंग मात्रै थियो भन्ने अर्थ लाग्छ, जुन कुरा उनको ब्यवहारले प्रष्टाई रहेको छ ।
उनी माओबादी हुँदा जुन राजनीति गरिरहेका थिए, अहिले पनि त्यही राजनीति गरिरहेका छन् । उनले माओबादीमा रहेर आफ्नो महत्वाकांक्षा पूरा हुने देखेनन् र बहाना बनाएर निस्किए ।
उनले सोचे ‘शहरका सुकिला–मुकिला (बुर्जुवा) लाई आर्थिक निकासको ललिपप देखाउछु, मधेशी र जनजातिलाई क्लस्टरको ललिपप देखाउँछु, छिमेकी त्यसै पनि पोजिटिभ छँदैछ, अस्थिर अवस्थाको फाइदा उठाएर मिले कार्यकारी राष्ट्रपतिसम्म हान्छु, नमिले पनि कम्प्रमाइज क्यान्डिटेडको रुपमा फेरि एः को दाउ लाग्न सक्छ ।’ बाबुराम त्यसैको समीकरण मिलाउदै छन्, प्रचण्डले अध्यक्ष छोडे भने, तुरुन्त माओबादीमा फर्किन्छन, कुनै शंकै छैन् । यो आर्थिक–सार्थिक नाटक मात्रै हो ।
केही साथीहरु र नेताहरु मलाई ‘मैले बाबुरामसंग कुरा गरेको छु, उनी फर्किदैनन भनछन’, कोइ ‘म मरे भने के गर्छौ ?’ भने बाबुरामले भन्दै थिए । ति साथीहरुलाई म भन्छु– बाबुरामको बोली होइन, उनको पृष्ठभुमि र व्यवहार हेर्नुपर्छ । उनले त्यस्ता गफ अहिलेसम्म कतिलाई दिए होला, त्यस्ता गफ सुन्ने कति मरिसके, कति माओबादीमा होलान ।
बाबुरामको स्तरको क्रान्तिकारी नेताले ‘मैले फलानोलाई यस्तो भनेको छु, भोलि फलानोले के सोच्ला’ भन्ने सोच्दैनन् । त्यस्तो सोच्ने व्यक्ति बाबुराम जस्तो क्रान्तिकारी नेता बन्नै सक्दैन् । भोलि बाबुराम माओबादीमा फर्केको कुरा तपाईहरु कसैको फेसबुक पोस्टबाट थाहा पाउनु हुनेछ, तपाईहरुलाई सोध्ने त के, तपाईहरुलाई जानकारी पनि दिने छैनन् । इच्छा लागे पछि लाग्नुहोस, नत्र आफ्नो बाटो लाग्नुहोस !
उता उपेन्द्र यादवले आफ्नो राजनीतिक महत्वकांक्षाको लागि सारा प्रयास गरिसके, माओबादीमा थिए, पछि भारतमा गिरफ्तार भए, भारतले संगै गिरफ्तार भएका अरुलाई नेपाल सरकारलाई बुझायो, तर उपेन्द्रलाई बुझाएन । त्यसबाट माओबादीले उपेन्द्रलाई गद्दार भएको शंका गर्यो, अनि उनले माओबादी छोडेर मधेशको साम्प्रदायिक राजनीति सुरु गरे ।
यस सन्दर्भमा बाबुराम प्रतिको एक छोटो व्यक्तिगत अनुभव लेख्छुः बाबुरामलाई बिबिसी नेपाली सेवाले उपेन्द्र यादवले माओबादी छोडेपछि अन्तर्वार्ता लिएको थियो । बाबुरामले ‘ती भनेका माओबादी भित्रका फोहर–कचडा हुन्, कुचोले बढारनुपर्ने, हावाले उढाएर लिएर गयो, त्यस्ता फोहोर–कचडाहरु निक्ले कै राम्रो’ भने ।
मैले मनमनै सोचे ‘त्यत्रो पढेको नेताले यसरि सार्वजनिक रुपमा, हिजोसम्म संगै ज्यानको बाजी थापेर हिडेको कमरेडलाई कति तल्लो स्तरमा टिप्पणी गरेको होला !’ अहिले त्यो फोहोर–कचडा सफामा परिणत भयो होला कि, आफूलाई सफा भन्ने चाहि फोहोर–कचडामा परिणत भएको होला भन्ने जिज्ञासा मनमा लागि रहेको छ ।
उपेन्द्र यादवले पहिला माओबादीलाई गद्दारी गरेका थिए भने, अहिले मधेशी जनताप्रति गद्दारी गर्दैछन् । उनैले सल्काएको आगोले ५० भन्दा बढी मधेशीको ज्यान गयो, उनीसहितले राज्यबाट मृत्यु भएका मधेशीको नाममा लिएको करोडौं कहाँ पुग्यो, त्यस्को हिसाब–किताब पनि छैन, अहिले राजनीतिक समीकरण मिलाउन मधेशी जनताको भावनालाई कुल्चिएर आफ्नो पार्टीको नामबाट मधेशी भन्ने शब्द पनि हटाएका छन् ।
आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न गरिब मधेशीलाई ‘आन्दोलनमा मरे ५० लाख, आन्दोलनमा दिनको ५०० ज्याला र आन्दोलनमा नगए १००० सम्म जरिवाना’ लगाउने नियम बनाउनेसंग कुन नैतिकता र उद्देश्यले बाबुरामले सहकार्य गर्दैछन् ? अरु मधेशी नेतासंग बाबुराम को कुरो नमिल्नु, तर आफैले फोहोर–कचडा भनेकोसंग चाहि कुरो मिल्नुको पछाडी के रहस्य होला ?
हिजो मात्रै सर्वोच्च अदालतले ‘स्थानीय निर्वाचनविना केन्द्रिय तहको निर्वाचक मण्डल नबन्ने भएकाले त्यसले प्राथमिकता पाउनुपर्ने’ निर्णय गरेको अवस्थामा आज ‘संघ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्दछ’ भन्दै पूर्व एः ले बक्तब्य निकाल्नु अप्रत्यक्ष रुपमा ‘हामी अदालतको निर्णय मान्दैनौ’ भन्नु हो, यसको अर्थ देशलाई अराजकतातिर धकेल्ने प्रयास भैरहेको छ भन्ने लाग्छ ।
बाबुरामले नयाँ शक्ति बनाउन चाहँदैनन् र सक्दैनन् भन्ने मेरो शंका छ, यिनीहरुको नियत नै नयाँ शक्ति बनाउने छैन कि भन्ने निचोड निकाल्न सकिन्छ । यिनीहरु ‘पानी धमिलाएर माछा मार्न चाहन्छन्’ जस्तो देखिन्छ । यदि चुनाव भयो भने देश अस्थिरताबाट स्थिरतातर्फ एक कदम अगाडि बढछ, र देशमा स्थिरता आउनु भनेको च्याखे थाप्नेहरुको जहाज डुब्नु हो ।
धेरै साथीहरुलाई मेरो कुरो ‘हावाको गफ’ लागेपनि, सतर्क रहँदा केहि घाटा छैन, कुनै पनि नेताको अन्धभक्त भएर नहिडौ, र कुनै पनि समुदायप्रति रिसको भावना नबोकौ !
हामी सबै समुदायका युवा एक भएर मेहनत गरौ देश बन्छ ।
















प्रतिक्रिया