काठमाडौँ, ५ असोज । मुख्यसचिव लीलामणि पौडेलले काम गर्ने प्रवृत्तिमा सुधारको जरुरत भएको भन्दै विगतमा भएको कमजोरी सच्याउन र लापरबाही गर्नेलाई कारबाही गर्न तत्पर रहेको जानकारी गराउनुभएको छ ।
सचिवले नटेरेको भन्ने प्रश्नमा मुख्यसचिव पौड्यालले भन्नुभयो, ‘मुख्यसचिव भनेको आर्मी र पुलिसको प्रमुखजस्तो नियन्त्रण र कारबाही गर्ने अधिकार भएको व्यक्ति होइन।सहजीकरण गर्ने हो। सहसचिवसम्म कारबाही गर्ने अधिकार छ तर त्यो पनि निरपेक्ष अधिकारी होइन।’
कर्मचारी राजनीतिककर्मीको मातहतमा रहेर काम गर्ने भएकाले सबै जिम्मेवारी लिन सक्दैन। तर पालना गर्नु कर्मचारीको दायित्व रहेको भन्दै कोही कसैले पनि कमजोरी गर्न नपाइनेमा जोड दिनुभयो ।
राजनीतिक नेतृत्व र कर्मचारीबीच एउटा सीमा निर्धारण गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘अपजस राजनीति गर्नेले मात्र होइन, कर्मचारीले पनि सहनु पर्छ। तर पनि त्यही प्रवृत्ति दोहोरिएको छ।’
लेखा समितिले दिएको निर्देशन पालना नभएकामा आफू पनि आश्चर्यमा परेको भन्दै महालेखा परीक्षक भानुप्रसाद आचार्यले जे गरे पनि हुन्छ भन्ने मानसिकताले काम गरेको बताउनुभयो ।
उहाँले बेरुजु घटाउन मन्त्रालयहरूको कार्ययोजना र लिखित प्रतिबद्धता माग्ने र अनुगमन गर्ने गरी थप निर्देशन दिनुपर्ने धारणा राख्नुभएको थियो । रासस
















प्रतिक्रिया