५ मंसिर २०८३, शनिबार

‘विधेयक पारित नभए सरकारलाई दिएको सथर्मन फिर्ता’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले संविधान संशोधनको विधेयकलाई परिमार्जनसहित पारित गराउन दबाबमुलक कार्यक्रक गर्ने निर्णय गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम ल्याउन नौ सदस्यीय कार्यदल गठन गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । कार्यदलले आन्दोलनका कार्यक्रमको मस्यौदा तयारपार्ने झाले बताए ।

गठबन्धनले आफू अनुकूल संशोधन विधेयक पारित गराउन दबाब दिनका लागि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा पनि सत्तारुढ दलहरूलाई अल्टिमेटम दिने निर्णय गरेको छ ।

‘संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गराउन दबाब दिने छौँ’, उनले भने, ‘विधेयक पारित हुने समयसीमा राखेर सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा पनि अल्टिमेटम दिने निर्णय भएको छ ।’

संघीय गठबन्धनले आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउनका लागि विभिन्न दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको छ ।