अर्जुन काफ्ले
मलेसिया । मलेसियामा रोजगारीकै शिलशिलामा क्यान्सर रोगबाट पीडित वनेकी एक नेपाली चेलीको उपचारका लागि मलेसियामा कार्यरत नेपालीले ३ लाख बढी नेपाली रुपैयाँ सहयोग गरेका छन ।
मलेसियाको जोहरवारु स्थित जेसिवाइ इन्टरनेशनल कम्पनीमा ५ महिना अघि काम गर्न आइपुगेकी चिनीमाया तामाङलाई क्यान्सर रोग लागेको पत्ता लागेपछि उनलाई नेपाल पठाइएको थियो ।
मलेसिया आएको ऋण समेत तिर्न नसकेको अवस्थामा क्यान्सर रोगबाट पीडित बनेकी उनलाई यहाँ कार्यरत नेपालीहरुले सहयोग गरेका हुन ।
उनको उपचारमा सहयोग हुने भन्दै उनी कार्यरत कम्पनी वाहेकका मलेसियामा कार्यरत नेपालीले समेत सहयोग गरेका हुन ।
उनको उपचारका लागि मलेसियावाट ११ हजार ६सय ५१ रिङेट अर्थात ३ लाख ५० हजार रकम आइएम रेमिट मार्फत उनका मामा एक्क बहादुर तामाङका नाममा पठाएको पत्रकार हेमचन्द्र राइले जानकारी दिए ।
रोजगारीका लागि मलेसिया आएकी तामाङकोे बायाँ अण्डासयमा क्यान्सर रोग भएको यहाको अस्पतालले पुष्टी गरेर नेपाल पठाएको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उपचारत रहेकी उनले टेलीफोन मार्फत प्रवाशमा रहेका नेपालीबाट यस्तो सहयोग पाउदा अब बच्ने आशा पलाएको उनले वताएकी छन् ।
तामाङको उपचारका लागि पाँच लाख भन्दा माथी रकम खर्च हुने उनका आफन्तले जानकारी गराएका छन् ।














प्रतिक्रिया