काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसदहरूले संसदमा टेबुल भइसकेको संविधान संशोधनको विधेयकलाई पारित गर्नुपर्नेमा एकमत देखिएका छन् ।
कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा तराईका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेलामा विधेयकलाई पारित गराउन भूमिका खेल्ने सहमति भएको हो । भेलामा सहभागी एक सांसदका अनुसार विधेयकलाई जस्ताको त्यस्तै पारित गर्न आआफ्नो तर्फबाट भूमिका खेल्ने सहमति भएको छ ।
स्थानीय निर्वाचनलाई ध्यानमा राखेर कांग्रेस सांसदले तराईमा बसोबास गर्ने जनताको भावनाअनुसार विधेयकलाई पारित गर्नुपर्ने बताएका हुन् ।












प्रतिक्रिया