५ मंसिर २०८३, शनिबार

दुई दिनको सूचना टाँसगरी स्थगित भएको संसद बैठक आज चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रमुख विपक्षी दल एमाले र मधेसी मोर्चाको आआफ्नै अडानका कारण दुई दिनसम्म सूचना टाँस गरी स्थगित भएको संसदको बैठक आजबाट सुचारु भएको छ ।

निर्धारित समयमा शुरु भएको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले कार्यसूचीअनुसार सदन चलाएकी हुन् ।

एमालेसहितका नौ दलीय गठबन्धनले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै अबरोध गर्दै आएका थिए । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच भएको परामर्शपछि संसद बैठक चलेको हो ।

बैठक चलिरहेको छ । बैठकमा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बोलिरहेका छन् ।