५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र सभामुख घर्तीबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । संसदको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच छलफल हुँदै छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा अहिले केही समयपछि हुने छलफलमा संसदको बैठक चलाउने विषयमा परामर्श हुने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । उनले भने, ‘संसद दुई पटक सूचना टाँस गरेर स्थगित भएको छ । आजको बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्छ ।’

प्रमुख विपक्षी दल एमाले र मधेसी मोर्चाको अडानका कारण संसदको बैठक अगाडि बढ्न सकेको छैन । संविधान संशोधनको विधेयकमा पनि दुई पक्षको आ–आफ्नै अडान रहेका छन् ।

प्रमखु विपक्षी दल एमालेले संसदको प्रक्रियामा आफूहरू जान तयार रहेको तर मधेसी मोर्चाले प्रक्रियाबाट आउने जुनकुनै निर्णयलाई स्वीकार गरेर निर्वाचनमा जाने प्रतिवद्धता जनाउनुपर्ने उल्लेख गरेको छ । मोर्चा भने संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनै पर्ने अन्यथा चुनावमा नजाने अडानमा छ ।