५ मंसिर २०८३, शनिबार

संसदको गतिरोध थाँती राखेर प्रधानमन्त्री रुकुम र रोल्पा जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टीको कामको शिलशिलामा आज रोल्पा र रुकुम जिल्ला जाँदै छन् ।

संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न छाडेर प्रधानमन्त्री दाहाल पार्टी काममा सहभागी हुन रुकुम र रोल्पा जान थालेको भन्दै आलोचना भएको छ । प्रधानमन्त्री दाहाल साढे दश बजे रुकुम जाने छन् ।

रुकुमको कार्यक्रम सकेर प्रधानमन्त्री दाहाल रोल्पा आउने जाने कार्यक्रम छ । रोल्पामा पनि उनले पार्टीका काममा सहभागिता जनाउने छन् । त्यस अगाडि दाहालले रोल्पा महोत्सवको समापन गर्ने छन् ।

प्रमुख विपक्षी दल एमाले र सत्तारुढ मधेसी मोर्चाले संसदमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल नगरेको आरोप लगाउँदै आएका छन् ।

संविधान संशोधन विधेयकका कारण संसदको बैठक दुई पटकसम्म सूचना टाँस गरेर स्थगित भइसकेको छ ।