काठमाडौं, ११ फागुन । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’को मूल नाराका साथ चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत्र २ देखि ४ गते सम्म काठमाडौंको होटल याक एण्ड यतीमा आयोजना हुने भएको छ ।
सम्मेलन लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौति तथा कठिनाईहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझाव, लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरु वीच अन्तरकृया तथा सम्वाद, मानवीय मूल्य सहित सामाजिक र वित्तीय उद्देश्यहरुमा सन्तुलन, अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको बिकासको गति र नेपालको संदर्भमा ति बिषयहरुको सांदर्भिकता, लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन, लघुवित्तको आगामी लक्ष तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा र विद्यमान प्रमुख मुद्दा तथा अवसरहरुलाई सम्वोधन गर्ने गरी जिम्मेवारी र समय सीमा सहितको साझा प्रतिवद्धताको घोषणा र यसको निरन्तर अनुगमनको उद्देश्यसहित सञ्चालन हुने आयोजकले जनाएका छन् ।
सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक÷वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८०० को सहभागीता हुने अपेक्षा गरिएको छ ।
लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, सेवामा विविधता, उद्यमशिलता विकास, विमाको नविनतम अभ्यास, मूल्य श्रृंखला, वित्तीय साक्षरता, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ । यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।
यस सम्मेलनमा तेश्रोे राष्ट्रिय लघुवित्त सम्मेलन २०६९ फागुन को घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुको कार्यान्वयनमा भएको प्रगति बारे गरिएको अनुगमनको समिक्षा गरिनेछ । सम्मेलन अवधिमा प्राप्त भएका सुझावहरु र निश्कर्षहरुको आधारमा सम्मेलनको अन्तिम दिन काठमाण्डौं घोषणापत्र जारी हुने छ ।
सेन्टर फर माइक्रोफाइनान्स नेपालले सदा झै सम्मेलनको आयोजनामा सक्रिय नेतृत्व लिँदै आएको छ । सह–आयोजकहरुमा नेपाल राष्ट्र बैंक तथा सक्षम कार्यक्रम रहेका छन् । आयोजकहरुमा लघुवित्त बैंकर्स संघ, गरिवी निवारण कोष, युवा स्वःरोजगार कोष, साना किसान विकास बैंक, सी.ई.सी.आई.नेपाल, सहकारी एवं गरिवी निवारण मन्त्रालय, डिप्रोस्क नेपाल, मर्सी कोर, राष्ट्रिय योजना आयोग, राष्ट्यि सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी संघ, फस्र्ट माइक्रोफाइनान्स बैंङ्क, नेपाल आर्थिक पत्रकार समाज, तथा मिफान छन् । उल्लेखित विभिन्न संस्थाहरुको सहभागीतामा राष्ट्रिय आयोजक मूल समिति गठन गरिएको छ । यस मूल समिति अन्र्तगत विभिन्न उपसमितिहरु गठन भएका छन् । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ), नेपालले सम्मेलनको सचिवालयको रुपमा कार्य गरि रहेकोछ ।
सम्मेलनलाई सफल बनाउन विभिन्न निकाय तथा शुभेच्छुकहरु सँग सहयोगको अपेक्षा गरिएको छ । जनशक्ति, सामग्री तथा आर्थिक सबै किसिमको सहयोगको स्वागत गरिनेछ । यसका अतिरिक्त सम्मेलनको बारेमा विविध जानकारीका लागी र सहभागिता जनाउनका लागि वेब साईटको ब्यवस्था गरिएको छ । उक्त वेब साइट मार्फत समयमा नै नाम दर्ता गराउने ब्यक्तिलाई सहुलियतको ब्यवस्था समेत गरिएको छ ।
















प्रतिक्रिया