– अनिल खत्री
गुल्मी, ११ फागुन । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा बुधबार एमाले रेसुङ्गनगर कमिटी गुल्मीले आयोजना गरेको कार्यक्रममा गोल्डेन स्टार युवा क्लवका अध्यक्ष राजेश बराल, उपाध्यक्ष ज्ञानेन्द्र बराल, सचिव विशाल बरालसहित ६० जना युवाहरु एमाले प्रवेश गरेका छन् ।
एमाले जिल्ला सचिवालय सदस्य एबं प्रचार बिभाग प्रमुख गणेश श्रीपालीका अनुसार बर्षौदेखि नेपाली कांग्रेसको बलियो गढका रुपमा परिचित रेसुङ्गा नगरपालिका युवाहरुको एउटा जमात नै एमालेमा प्रवेश गरेको हो । साथै अर्खलेका अगुवा कृष्ण प्रयासीसहितका व्यक्तिहरु पनि पुनः एमालेमा प्रवेश गरेका छन् ।
अगुवा तथा युवाहरुलाई नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण बिष्टले पार्टीमा स्वागत गरे । सोहि कार्यक्रममै कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघमा आवद्ध सुस्मिता पन्थी पनि अनेरास्ववियुमा प्रवेश गरिन् । रेसुङ्गा नगरपालिका वडा नम्वर १० उपल्लो तम्घासबाट प्राय सवै घरधुरी एमालेमा प्रवेश गरेको र केही तयारीमा रहेको एमाले गुल्मीका प्रचार बिभाग प्रमुख श्रीपालीले जानकारी दिए ।
रेसुङ्गा नगरपालिका अन्तरगत अर्खलेको भुवनपानीबाट नेकपा माओवादीका गाउँ नेता कृष्ण प्रयासीले पार्टीभित्रको केहि असहज परिस्थतीले एमालेसंग रोकिएको निकता पुन सुचारु भएको बताए । स्ववियु चुनावले माहोल तातिरहेको र देशमा चुनावको घोषणा भैसकेको अवस्थामा यसले उनीहरु रहेको पार्टीमा धक्का लाग्ने बताइएको छ । साथै यो पार्टी प्रवेश एमालेका लागी स्वागतयोग्य भएपनि चुनौतिको बिषय पनि भएको कतिपय बताउँछन् ।

प्रवेश गर्नेहरुलाई स्वागत तथा नगर कमिटीको भेलालाई संबोधन गर्दै नेता बिष्टले चुनौतिको सामना गर्ने सबैलाई पार्टीको तर्फबाट धन्यबाद दिए । देश पहिले कि सरकार भन्ने बेला आउँदा एमाले जहिले पनि देश पहिले भन्ने पक्षमा रहनुको परिणाम राजेशसहितको युवाहरुको पार्टी प्रवेशको लहरबाट प्रष्ट हुने बताए ।
देश रोएको बेला वा समस्यामा परेका बेला एमाले र एमालेमा आस्था राख्ने देशप्रेमी युवाहरुको साथ र सहयोग चाहिने भएकाले एमालेले उनीहरुको संरक्षण गरिरहने बताए ।












प्रतिक्रिया