सिमरा, ५ असोज । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेललेसहकारी क्षेत्रको नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जन गर्न लागेको बताउनु भएको छ ।
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सातौं वाषिर्क साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार गम्भिर रहेको पनि बताउनुभयो ।
कथित सहकारीकर्मीहरुका कारण समस्याहरु देखा परेको भन्दै उहाँले
बचत तथा ऋण सहकारी संस्थाको नियमन चुनौतिपूर्ण रहेको बताउनुभयो ।
छुट्टै बचत तथा ऋण सहकारी ऐन ल्याएको अवस्थामा सहकारीको व्यवस्थापन हुने पनि उहाँले दाबी गर्नुभयो ।,
कार्यक्रममा बोेल्दै संस्थाका अध्यक्ष एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारीले काम गरिरहेको बताउनुभयो ।














प्रतिक्रिया