५ मंसिर २०८३, शनिबार

संविधान संशोधनमा एमाले नेतृत्वको नौ दलीय गठबन्धनले उठायो गम्भीर प्रश्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूले संविधान संशोधन विधेयकलाई प्रक्रियामार्फत अगाडि बढाउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले के गर्छ भन्ने प्रश्न उब्जिएको जनाएका छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा बुधबार बसेको नौ दलको बैठकमा संविधान संशोधनका विषयमा कतिपय विषयहरूमा सत्तापक्षबाट जवाफ आउन आवश्यक रहेको निष्कर्ष निकालिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै रावले भने, ‘सीमाङ्कनको हेरफेरको विषय आउँदा प्रदेश सभाले प्रस्ताव गर्नुपर्छ । यी विषयमा सरकारको धारणा आउनु पर्छ ।’ उनले सत्तापक्षबाट यो जवाफ नआउँदासम्म आजको संसद बैठक नचलाइयोस भन्ने ९ दलको निर्णय रहेको बताए ।

मधेसी मोर्चा सत्तापक्ष रहेको भन्दै एमालेका नेता रावलले भने, ‘संविधान संशोधनको विधेयकलाई प्रक्रियामा लगेपछि मधेसी मोर्चाले प्रक्रियालाई मान्छ कि मान्दैन भन्ने प्रश्न पनि उब्जिएको छ । त्यसबारेमा पनि स्पष्ट पार्नुपर्छ ।’

मधेसी मोर्चाले संविधान संशोधन विधेयकलाई पारित गर्नुपर्ने जनाउँदै आएको छ । विधेयक प्रक्रियाबाट अगाडि बढ्यो भने मधेसी मोर्चाले सदनबाट आउने रिजल्टलाई मान्छ कि मान्दैन भन्ने विषयमा विपक्षी दलहरूले प्रश्न उठाएका हुन् ।