४ मंसिर २०८३, शुक्रबार

सर्वदलीय बैठकः प्रधानमन्त्रीको प्रस्ताव एमालेद्वारा ठाडै अस्वीकार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पारित गर्न राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीको आह्वानमा नयाँबानेश्वरस्थित संसद बैठकमा बसेको सर्वदलीय बैठकमा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि प्रचण्डले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, एमाले नेताहरुले ठाडै अस्वीकार गरे ।

बैठकबाट बाहिरिएका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संशोधन प्रस्तावमा सहयोगका लागि प्रधानमन्त्रीले गरेको आग्रह एमाले नेताहरुले अस्वीकार गरेको जानकारी दिए ।

‘आगामी वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति तोकिनुमा सबै सकारात्मक देखिए,’ उनले भने- ‘तर, मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन विधेयक पारित गर्न एमालेले मानेन ।’

गच्छदारले निर्वाचनलाई निर्बिध्नतापूर्वक सम्पन्न गर्न मोर्चा र थारु, जनजाति समूहलाई सहमतिमा ल्याउने गरी संंविधान सशोधन हुनुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा प्रधामन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा मोर्चाको मागबमोजिम संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक त्यही रुपमा छलफलमा लाने वा त्यसमा सहमतिका आधारमा परिमार्जन गर्ने विषयमा छलफल भएपनि नेताहरु निष्कर्षमा पुग्न सकेनन् ।

सर्वदलीय बैठकलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने बहिष्कार गरेको छ ।