काठमाडौं, १० फागुन । माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । भाइरल ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनी अहिले नर्सिङ केयर र मोनिटरमा छन् ।
यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो । उनी बैंककमा उपचार गरेर गत वर्ष माघमा स्वदेश फर्किएका थिए ।











प्रतिक्रिया